मेरोलिज

अस्वीकरण

अस्वीकरण (Disclaimer)

सूचीकरण, प्रमाणित ब्याज, डिजिटल सम्झौता, AI/OCR, बिजुली दर र स्वतन्त्र प्राविधिकसम्बन्धी महत्त्वपूर्ण स्पष्टीकरण।

लागू मिति: मंसिर २०८३ (November 2026) · मेरो लिज मोबाइल एप (np.com.hsameer.rentalapp) र merolij.com

२. "प्रमाणित" ब्याजको वास्तविक सीमा

"Verified", "Phone Verified" वा "Hardcopy Checked" ब्याजले जग्गाधनी प्रमाणपत्र (लालपुर्जा), घरको सुरक्षा, NEA अनुमति वा आपराधिक पृष्ठभूमि प्रमाणित भएको जनाउँदैन। प्रत्यक्ष भेटेर कागजात जाँच्ने जिम्मेवारी प्रयोगकर्ताकै हुनेछ।

३. मेरो लिज AI, मिटर OCR र बिजुली दरको जिम्मेवारी

AI र मिटर फोटो OCR मा कहिलेकाहीँ गल्ती हुन सक्छ। बिजुली प्रति युनिट दर र शुल्क घरधनी स्वयंले हाल्ने भएकाले NEA नियम पालना र हिसाब जाँच्ने जिम्मेवारी घरधनी र भाडावाला दुवैको हुनेछ।

४. प्रत्यक्ष नहेरी अग्रिम पैसा नपठाउनुहोस्

प्रत्यक्ष कोठा, फ्ल्याट, सटर वा जग्गा नहेरी र स्वामित्व अफलाइन नजाँची अग्रिम भाडा वा धरौटी कहिल्यै नपठाउनुहोस्। शंकास्पद विज्ञापन वा ब्रोकर शुल्क माग्ने व्यक्ति भेटिए तुरुन्त Report वा [email protected] मा खबर गर्नुहोस्।

५. स्वतन्त्र प्राविधिक र आपतकालीन सेवा नभएको सूचना

सेवा पूलका प्राविधिक र निरीक्षकहरू स्वतन्त्र स्थानीय सेवा प्रदायक हुन्, मेरो लिजका कर्मचारी होइनन्। काम सुरु हुनुअघि मूल्य र वारेन्टी सिधै स्पष्ट गर्नुहोस्।

आगलागी, ग्यास चुहावट, दुर्घटना वा सुरक्षा खतरामा एपको भर नपरी तुरुन्त नेपाल प्रहरी (१००), दमकल (१०१) वा एम्बुलेन्स (१०२) मा सम्पर्क गर्नुहोस्।

कानुनी वा गोपनीयता प्रश्न छ?

हाम्रो गोपनीयता र सहायता टोलीलाई सिधै इमेल गर्नुहोस्।

[email protected]